अस्पतालमा भएको आगलागीमा परी कम्तीमा दश जनाको मृत्यु

रियो दि जेनेरियो ।ब्राजिलको रियो दि जेनेरियोमा रहेको एउटा अस्पतालमा भएको आगलागीमा परी कम्तीमा दश जनाको मृत्यु भएको छ ।

अग्नि नियन्त्रक अधिकारीहरूले दिएको जानकारी अनुसार बिहीबार राति आगलागी भएपछि अन्य विरामीलाई अन्यत्र सारिएको छ । “आगलागीको घटनामा परी कम्तीमा दश जनाको मृत्यु भएको छ,” रियो दि जेनेरियो अग्नि विभागद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

वक्तव्य अनुसार आगलागी भएको अस्पतालका विरामीहरूलाई उत्तरी सहरमा रहेको बादिम अस्पतालमा लगिएको छ । अस्पतालको पुरानो भवनमा रहेको जेनेरेटरमा आएको समस्याका कारण आगलागी भएको प्रारम्भिक विवरण आएको छ ।

आगालागीबाट पीडित हुनेमा अस्पतालमा रहेका विरामी र कामदार रहेका छन् । घाइते भएका मध्ये ९० जनालाई विभिन्न अस्पतालहरूमा पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *