धरान : कोरोना भाइरसको आशंकामा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि भर्ना भएका १६ जना बिरामीको र्याल परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ ।प्रतिष्ठानमा यही यहि चैत १ गते भर्ना भएका ३ जना र ११ गते भर्ना भएका १३ जना गरी जम्मा १६ जनाको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा नमूना पठाइएको थियो ।उनीहरु सबैको नमूना नेगेटिभ देखिएको वीपी प्रतिष्ठानले जानकारी दिएको छ । प्रतिष्ठानले थप तीनवटा नमूना आज परीक्षणका लागि काठमाडौं पठाएको छ ।फ्रान्सबाट कतार हुँदै जहाजमा नेपाल आएकी कोरोना सक्रमित युवतीसंगै आएका धरान–६ पानवारीका युवाको रीक्षण पनि नेगेटिभ देखिएको छ ।संक्रमित युवतीसँगै आएका सुनसरीका चार जना मध्ये अन्य तीन जनाको भने परीक्षण भएको छैन । अहिले कोरोनाको आशंकामा प्रदेश एकका विभिन्न जिल्लाका ८ जना प्रतिष्ठानमा भर्ना भइ उपचार गराइरहेका छन ।
धरानमा कोरोना आशंका गरिएका १६ जनाको रिपोर्ट नेगेटिभ

अन्य सामग्री

पिकअपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु ।
फागुन ६ गते,सुनसरी – सुनसरी रामधुनी ३ बस्ने २२ बर्षीय सुरज चौधरीको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । बुधबार राती पौने १० बजे रामधुनी राजमार्ग स्थितमा को २ च ३३१२ नम्बरको पिकअप भेनले को ३१ प ३१४७ ...

एम्बुलेन्सको ठक्करबाट पैदलयात्रीको मृत्यु ।
फागुन ६ गते,मोरङ – मोरङ ग्रामथान २ बस्ने ४५ बर्षीया रम्वादेवी महतोको एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको छ । बुधबार दिउसो सवाँ २ बजे बुढीगंगा २ स्थित राजमार्गमा ना ७ ख २६१५ नम्बरको ट्रकले प्र १-०२-००२ ...

आफैले चलाएको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु ।
माघ ३० गते,मोरङ – गएराति मोरङ सुनवर्षी-४ का २३ बर्षीय मिथलेस यादवको ट्याक्टर दुर्घटनाबाट मृत्यु भएको छ । विहिबार राती साढे ९ बजे सुनवर्षी-४ स्थित भित्री सडकखण्डमा को १ त ३६७० नम्बरको ट्याक्टर आ...
Comments