विपन्न परिवारका लागि आर्थिक प्याकेज ल्याउने तयारी

काठमाडौं : अति विपन्न परिवारका लागि आर्थिक प्याकेज ल्याउने तयारी सरकारले गरेको छ । कोरोना भाइरसको संक्रमणका कारण लागू गरिएको लकडाउनका कारण समस्यामा परेकाहरुलाई सरकारले सहयोग प्याकेज घोषणा गर्न लागेको हो ।आइतबार बस्ने मन्त्रीपरिषद बैठकबाट यसलाई अन्तिम रुप दिने तयारी छ । सरकारले ल्याउन लागेको आर्थिक प्याकेजको बिषयमा शनिवार प्रधानमन्त्री केपी ओली र कोभिड १९ रोग संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक इश्वर पोखरेलविच पनि छलफल भएको थियो ।

त्यस्तै सरकारले एक साताका लागि लगाइएको लकडाउनको अवधि बढाउने भएको छ । उच्चस्तरीय समन्वय समितिको बैठकले चैत्र ११ गतेदेखि १८ गतेसम्म एक साताका लागि घोषणा गरेको लकडाउनको समय बढाउने तयारी गरेको हो ।छिमेकी भारतले तीन साता लामो लकडाउन गरेकाले नेपालमा पनि समय लम्याउने तयारी छ । हवाई र स्थलमार्ग हुँदै नेपाल छिरेका मानिसको अन्तिम स्वास्थ्य जाँच रिपोर्ट नआएसम्म लकडाउन यथावत राख्ने तयारी गरिएको हो । लकडाउनको अवधि थपिने भएकाले सोही अनुसारको तयारी अघि बढाउन समेत गृह मन्त्रालयले सबै जिल्लालाई यसअघि नै निर्देशन दिइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *