कोरोना भाइरस को नमूना परीक्षण बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुरु

धरानमा कोरोना परीक्षण शुरु

सुनसरी :

कोरोना भाइरस कोभिड–१९ को नमूना परीक्षण धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुरु गरिएको छ । स्वास्थ्य मन्त्रालयले उपत्यका बाहिर धरानबाट पहिलो पटक नमूना परीक्षण शुरु गरिएको जानकारी दिएको हो । राजधानी बाहिरबाट नमुना ल्याउन ढिलो र जटिल हुने भएकाले मन्त्रालयले परीक्षण केन्द्र विस्तार गरेको हो ।
सङ्क्रमण परीक्षणको दर बढाउन र त्यो सुविधा राजधानी बाहिर विस्तार गर्न चीनबाट परीक्षण कीट आइसकेका कारण केही दिनमै हेटौँडा, नेपालगञ्ज र पोखरामा पनि नमूना परीक्षण शुरु हुने मन्त्रालयले जानकारी दिएको छ । उपचारको लागि चाहिने उपकरण ल्याउने र व्यवस्थापन गर्ने काम भइरहेको मन्त्रालयले जनाएको हो । यसैबीच जनकपुर र वीरगञ्जमा पनि कोरोना संक्रमितको उपचार शुरु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *