एमसीसी- पारित नगर्ने निर्णय

नेपालमा जस्तै श्रीलंकामा पनि एमसीसी तीव्र विवादमा परेपछि यथास्थितिमा कार्यान्वयन गर्न नसकिने निर्णय गरेको छ ।श्रीलंकाको मन्त्रिपरिषदले अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित नगर्ने निर्णय गरेको हो।श्रीलंकामा पनि लामो विवाद र बहसपछि त्यहाँको सरकारले एमसीसी सम्झौताको पुनरावलोकन गर्न ४ सदस्यीय समिति गठन गरेको थियो । उक्त समितिको प्रतिवेदनले यथास्थितिमा पारित गर्न नहुने सुझाव दिएको थियो ।

श्रीलंकन प्रधानमन्त्री महिन्दा राजापाक्छेले समितिको प्रतिवेदन मन्त्रिपरिषदमा पेश गरेपछि मन्त्रिपरिषदले एमसीसी अघि नबढाउने निर्णय गरेको हो । सम्झौता नै अपारदर्शी रहेको भन्दै सो सम्झौता कार्यान्वयन गर्न नसकिने निष्कर्षमा मन्त्रिपरिषद पुगेको थियो । त्यहाँका संविधान र अन्य कानूनको उल्लंघन गरेर राष्ट्रहित विपरीत सम्झौता रहेको ठहर गरिएको छ ।नेपालमा पनि संविधानभन्दा माथि रहने गरी राष्ट्रविपरीत रहेको एमसीसी सम्झौताको तीव्र विरोध भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *