लकडाउनको तोड्दै ३९ नेपाली नेपाल छिरे

कैलाली : कैलालीको गौरीफन्टा नाका बाट भारतमा रहेका नेपाली नेपाल छिरेका छन् । सरकारले लागू गरेको लकडाउनको पालना नगरी भारतमा रहेका ३९ जना नेपाली नागरिक गौरीफन्टा नाकाबाट नेपाल आएका हुन् ।

नेपाल र भारत दुवै मुलुकले लकडाउन गरेपछि नेपाल आउन नपाएका उनीहरु आज गौरीफन्टा नाकाबाट आएका हुन् । उनीहरुलाई क्वारेन्टाइनमा पठाइन लागिएको कैलाली प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *