प्रदेश २ मा क्वारेन्टाइनमा २ सय ३४

प्रदेश २ मा क्वारेन्टाइनको संख्या हरेक दिन बढन थालेकोछ । शनिवार सम्म आठवटै जिल्लामा गरी ७५ स्थानमा क्वारेन्टाइन स्थापना भएकोछ । करोना संक्रमण नियन्त्रण समितिका संयोजक वरिष्ठ प्रशासक विजय झाका अनुसार शनिवार क्वारेन्टाइनको संख्या १ हजार ३ सय ३२ पुगेकोछ । नगरानइ नगरपालिकाको मिथिला आयुर्वेद कलेजमा समाजिक विकास मन्त्रालयले सञ्चालन गरेको क्वारेन्टाइनमा शनिवार ११ जनालाई राखिएकोछ । त्यहाँ ४ जना पारामेडिकल कर्मचारी खटाइएको झाले जनाए ।

समाजिक विकास मन्त्रालयले सञ्चालनमा ल्याएको क्वारेन्टाइनमा रहनेहरुका लागि भोजन र स्वास्थ्यकर्मीको बन्दोबस्त मन्त्रालयले नै गरेकोछ ।सुरक्षा व्यवस्था नेपाल प्रहरीले मिलाएको झाले बताए ।उनका अनुसार आइतवारदेखि मेडिकल अफिसर(डाक्टर)लाई क्वारेन्टाइनमा खटाइनेछ ।त्यहाँ २० वटा बेड राखिएकोछ ।त्यसमा शुक्रवार २० जना रहेपनि ९ जना शनिवार घर फर्केका छन् ।

क्वारेन्टाइनमा कार्यरत्त स्वास्थ्यकर्मीहरुले थर्मल गन(आईआईआर थर्मामिटर)ले ज्वरो जाँचेपछि घटेको देखिएकाहरुलाई घर पठाइने गरिएको झाले जनाए ।प्रदेशभरिको क्वारेन्टाइनमा २ सय ३४ जना रहेको झाले बताए ।‘क्वारेन्टाइनमा राखिएका मानिसहरुमा कोरोना रोगको संक्रमण नदेखिएपछि घर फिर्ता पठाइने गरिएकोछ’उनले भने, तर ति मानिसहरु क्वारेन्टाइनमा सम्पर्कमै रहने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *