कोरोना लागेका संग नेपाल आएका विराटनगरका एक युवाको परिवारलाई क्वारेन्टाइनमा पठाइयो

कैलालीको धनगढीका ३४ वर्षीय व्यक्तिसंगै दुबईबाट आएका विराटनगरका एक युवाको परिवारलाई आइतबार क्वारेन्टाइनमा पठाइएको छ । उनीहरु दुबईबाट दिल्ली हुँदै चैत ७ गते नेपाल आएका थिए । धनगढिका ३४ बर्षीय ब्याक्ति नेपालको चौथो कोरोना संक्रमित भएको पुष्ठि भएसंगै उनि संग आउने हरुको खोजी गर्दै क्वारेन्टाइनमा पठाएको हो ।
उनलाई परिवारका ३ सदस्यसहित विराटनगर १९ वैजनाथपुरस्थित स्वास्थ्य केन्द्रको क्वारेन्टाइनमा राखिएको छ । उक्त युवा संगै उनकी श्रीमती र छोरीलाइ क्वारेन्टाइनमा राखिएको हो ।ऊनीहरुलाई कोरोनाको कुनै लक्षण भने देखिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *