प्रदेश २को गरिव, तथा दैनिक ज्यालादारीमा खटने मजदुरहरुको खानाको व्यवस्था गर्ने निर्णय

प्रदेश २को सरकारले लक डाउन अवधीभर प्रदेश भरिका गरिव, तथा दैनिक ज्यालादारीमा खटने मजदुरहरुको खानाको व्यवस्था गर्ने निर्णय गरेको छ । मन्त्री परिषदको आज सम्पन्न बैठकले लक डाउनका कारण समस्यामा परेका गरिब मजदुरको जीवन रक्षाको लागी खानाको सरकारको तर्फ बाट गर्ने गरेको छ । यसको व्यवस्थापन स्थानीय तह संग समन्वय गरेर तत्कालको लागि महानगरलाई २५ लाख, उपमहानगरलाई २० लाख, नगरपालिकालाई १५ लाख र गाँउपालिकालाई १० लाखको दरले रकम पठाउने र सोही बरावरको रकम स्थानीय तहलाई समेत राख्न आग्रह गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले यादवले जनाउनु भएको छ ।

यसका लागी प्रत्येक स्थानीय तहमा स्थानीय तहका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, सुरक्षा निकायका प्रतिनिधिहरु, स्थानीय समाजसेवी संस्थाहरु सम्मलित सर्वपक्षीय समिति गठन गरिने कार्यविधि बनाइएको छ ।यसका साथै कोरोनाको उपचारमा खटिने चिकित्सकहरुको जीवन विमाका साथै सत प्रतिशत प्रोत्साहन भत्ता समेत दिइने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *