२०० किलोमिटर लामो यात्रालाई ध्यानमा राख्दै हिँडेरै घर फर्कन लागेका १ जनाको बाटैमा मृत्यु

एजेन्सी:  एक ३९ वर्षीय हाेटल मजदूर रणवीर सिंह दिल्लीबाट हिँडेरै मध्य प्रदेश घर फर्केका थिए । लकडाउनका कारण बस, रेल ठप्प भएपछि उनी मध्य प्रदेशको मुरैना घर जान भनी पैदल यात्रा गर्न तयार भएका थिए । तर उनी घर पुग्नुभन्दा अघि नै बाटैमा मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । टाइम्स अफ इण्डियाका अनुसार दिल्लीको एक निजी रेस्टुरेन्टमा होम डेलिभरी गर्ने काम गर्दै आएका रणवीरको बाटैमा मृत्यु भएको हो । उनी दिल्लीबाट २०० किलोमिटर यात्रा गरेपछि आगरामा पुग्दा मृत्यु भयो ।

तीन बच्चाहरूको बाबु रहेका रणवीर दिल्लीबाट पैदल यात्रामा मध्य प्रदेश जाँदै थिए । प्रहरीका अनुसार रणवीर राष्ट्रिय राजमार्ग-२ को कैलाश मोडमा हिडिरहँदा बेहोस भएका थिए । सिकन्द्रा प्रहरी चौकीका हाउस अफिसर अरविन्द कुमारका अनुसार ‘स्थानीय एक पसले संजय गुप्ताले रणवीरलाई अचेत अवस्थामा सडकमा देखेका थिए ।

प्रहरीका अनुसार पोस्टमार्टम रिपोर्टमा उनको मृत्युको कारण हार्ट अट्याक देखिएको छ । यद्यपि उनको २०० किलोमिटर लामो यात्रालाई ध्यानमा राख्दै प्रहरीले थकानलाई मृत्युको कारणको रूपमा पनि हेरिरहेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *