आइसोलेसन अस्पतालमा राखिएका एक युवाको मृत्यु

काठमाडौं : बुटवल धागो कारखानास्थित अस्थायी कोरोना आइसोलेसन अस्पतालमा राखिएका एक युवाको आज मृत्यु भएको छ । सैनामैना नगरपालिकाका ३४ वर्षीय बाबुराम थापाको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जानकारी दिएको छ ।

थापा चैत ६ गते दुबईबाट फर्किएका थिए। उनलाई उतैबाट आउँदा ज्वरो आएको थियो । घरमा औषधि खाँदा निको नभएपछि उनी १३ गते अस्पताल आएका थिए । थापालाई आईसियुमा राखी उपचार गर्ने तयारी गरिरहेको बेला मृत्यु भएको हो । मृत्यु के कारणले भयो भन्ने खुलेको छैन । उनको स्वाब आज मात्र परीक्षणका लागि काठमाडौं पठाएको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *