लकडाउनको उल्लंघन गर्ने १७ जना पक्राउ

जनकपुरधाम: प्रदेश २ मा शनिवार लकडाउनको उल्लंघन गर्ने १७ जना पुरुषलाई पक्राउ गरिएकोछ । बिहान र दिउँसो लकडाउन गर्ने क्रम बढेपछि कडाई गर्न थालिएको प्रहरीले जनाएकोछ ।

प्रदेश २ का प्रहरी प्रवक्ता एसपी जयराज सापकोटाका अनुसार लकडाउन उल्लंघन गर्ने १ सय १६ वटा मोटरसाईकल र ३ वटा टेम्पोर्लाइ नियन्त्रणमा लिइएकोछ ।

त्यसैगरि बिना काम साइकलबाट बजारमा घुम्ने ४४ वटा साइकललाई समेत नियन्त्रणमा लिएको उनले बताए ।

प्रहरी तथ्यांक अनुसार सबै भन्दा बढी मानिस रौतहट जिल्लाको विभिन्न क्वारेन्टाइनमा रहेका छन् ।पालिकाहरुले सञ्चालन गरेका क्वारेन्टनाइनमा रहेका मानिसहरुको भोजन र स्वास्थ्यकर्मीको व्यवस्था सम्बन्धित पालिकाले नै गरेकोछ ।

तरकारी लगायतका अत्यावश्यक वस्तुहरुका लागि भन्दै बिहान र बेलुका सडकमा मानिसहरुको भीड हुन थालेपछि त्यसको व्यवस्थापन गर्न लागिएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोशहरि न्यौपानेले जनाए ।न्यौपानेका अनुसार बिहान ५ बजेदेखि ७ बजे सम्म दुई घण्टा तरकारी खरिदका लागि नगरको तीन स्थानमा व्यवस्था गरिएकोछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *