थपियो अझै सात दिन लकडाउन

काठमाडौं –  आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ७ दिन लकडाउन समायावधि सात दिन थपेको छ  ।  यसअघि कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडान कम्तिमा एक हप्ता बढाउन गरेको प्रस्तावमा मन्त्रीपरिषद्ले अनुमोदन गरेको हो । तर लगडाउनको अवधि चैत्र २५ गते राति १२ बजेसम्म कायम रहने बताइएको छ ।

काठमाडौंमै एक युवतीमा कोरोना भाइरसको संक्रमण देखिएपछि सरकारले गत चैत ११ गते बिहान ६ बजेदेखि लागू हुनेगरी एक साता लकडाउनको घोषणा गरेको थियो ।तर लकडाउनपछि पनि अरु तीन जना कोरोना संक्रमण देखिएपछि सरकारले लकडाउन अझ बढाउने निर्णय गरेको हो ।यो अवधिमा अत्यावश्यक बाहेकका काममा हिडे संक्रामक रोग नियन्त्रण ऐन र स्थानीय प्रशासन ऐन अनुसार कारबाही गर्ने सरकारले चेतावनी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *