श्रमिकहरुकोएक महिनाको घरभाडा मिनाहा गर्न घरधनीहरुलाई आग्रह

काठमाडौं- सरकारले असंगठित क्षेत्रमा काम गर्ने श्रमिकहरुको एक महिनाको घरभाडा मिनाहा गर्न घरधनीहरुलाई आग्रह गरेको छ ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले यस्तो आग्रह गरेको हो । अर्थ तथा सञ्चार मन्त्री युवराज खतिवडाले यसबारे जानकारी दिएका हुन् ।

आफ्नो आग्रहअनुसार असंगठित क्षेत्रमा काम गर्ने श्रमिकहरुको घरभाडा मिनाहा गरे एक महिनाको घरबाहल कर छुट दिइने निर्णय सरकारको छ ।

सरकारी निर्णय शहरी क्षेत्रका असंगठित श्रमिकको हकमा मात्रै लागू हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *