युवकलाई कुटपिट गर्ने सशस्त्र प्रहरी कार्वाहीमा

राजविराज : सप्तरी जिल्लामा दुई जना युवकलाई कुटपिट गर्ने सशस्त्र प्रहरी कार्वाहीमा परेको छ ।आइतवार बिहुल नदीमा सशस्त्र प्रहरीले दुई जना युवकलाई निर्घात कुटपिट गरेको भीडीयो सार्वजनिक भएपछि प्रहरीलाई कार्वाहीका लागि गणमा तानिएकोछ ।

‘प्रहरीले कुटपिट गरेका दुवै जना युवक समान्य उपचारपछि आइतवार साँझ नै घर फर्किसकेका छन्’ सशस्त्र प्रहरी बल सप्तरीका प्रमुख एसपी उद्धव न्यौपानेले भने, घटनामा संलग्न प्रहरीलाई आवश्यक कार्वाहीका लागि गणमा तानिएकोछ ।

सप्तरी जिल्लाको बलान बिहुल गाउँपालिका–३ मौवाहाका हरेकृष्ण साह र चन्द्र यादवलाई बलान नदीमा प्रहरीले कुटपिट गरे ।उनीहरुले लकडाउनको बेला भारतबाट मालसमान ल्याउदै गरेका थिए ।

लकडाउनको अवज्ञागर्दै भारतबाट दिनहुँ उनीहरुले समान ओसारपसारगर्दै आएका थिए ।प्रहरीले रोक्न खोज्दा मुखामुख गर्न थालेपछि युवकहरुलाई कुटपिट गरिएको खुलेको एसपी न्यौपानेले बताए ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रामनगर कोदरकट्टीबाट खटिएका सशस्त्र प्रहरीले युवकहरुलाई कुटपिट गरेका थिए ।

तर युवाहरुले भारतीय बजारबाट औषधी लिएर घर फर्किने क्रममा पक्राउ गरी निर्घात कुटपिट गरेको आरोप लगाए ।भुइँमा घोप्टो पारेर निर्घात कुटपिट गरेपछि स्थानीय स्वास्थ्य केन्द्रमा उपचार गराएको युवाहरुले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *