आफु पनी बाँच्न र अरुलाई पनी बचाउन आग्रह

बिराटनगर:
लकडाउनको उलंङघन गरेको भन्दै मोरंङ प्रहरीले सवारीसाधनलाई रोकेर आफु पनी बाँच्न र अरुलाई पनी बचाउन आग्रह गरेको छ । बिराटनगरको बरगाछि चौकमा नेपाल प्रहरी र जिल्ला ट्राफिक प्रहरीले लकडाउन तोड्ने सवारीसाधन हरुलाई आफु पनी बँच्न र अरुलाई पनी बचाउन आग्रह गरेको हो । करीब आधा घण्टा सडकमा गुडिरहेको सवारीसाधन लाई रोकि सुझाब दिएको थियो । आधा घण्टाको अवधिमा करीब एक सय सवारीसाधन हरु लाई प्रहरीले रोकेको थियो । अति आवश्य सामाग्री लिनका लागी सडकमा निस्किएका सवारीसाधन एम्बुलेन्स र डाक्टरहरुको सवारीसाधनलाई समते रोकिएको थियो । दैनिक उपभोग्य सामाग्री, औषधि र खाद्यान्न लगायतका सामाग्री लिन पुगेका सवारीसाधन हरु बिराटनगरको बरगाछि चौकमा रोकेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *