मेडिकल उपरकण खरिद सम्झौता रद्द

काठमाडौ । सरकारले कोरोना उपचारका लागि भन्दै ओम्नी समूहसँग गरेको औषधि तथा मेडिकल उपरकण खरिद सम्झौता रद्द गरेको छ । महंगो मुल्यमा औषधि लगायतका सामाग्री खरिद गरेको भन्दै सर्वत्र आलोचना भएपछि सरकारले सम्झौता रद्द गरेको हो । स्वास्थ मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा आज स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रबहादुर श्रेष्ठले ओबिसिआईले समयमा तोकिएको सामान ल्याउन नसकेपछि उक्त प्रक्रिया रद्द गरिएको जानकारी दिए ।

विभागका अनुसार “ओबिसिआई“ ले सम्झौता अनुसार १० प्रतिशत मात्र सामाग्री ल्याएको छ । उक्त कम्पनले सम्झौता अनुसार काम गर्न नसकेपछि धरौटी जफत गर्ने र कालोसूचीमा राख्ने प्रक्रिया पनि अगाडि बढाइने महानिर्देशक श्रेष्ठले जानकारी दिए ।

सरकारले सो समूहको पाँच करोड धरौटी रकम समेत जफत गरेको छ । सरकारले चैत ११ गते २४ घन्टे सूचना जारी गर्दै १ करोड ३ लाख ९४ हजार ४ सय डलरमा ओबिसिआईसँग औषधि तथा मेडिकल उपकरण खरिदको सम्झौता गरेको थियो । सम्झौता अनु्सार आइतबार नेपाल बायुसेवा निगमको चार्टर जहाज मार्फत् उसले २३ लाख ९४ हजार डलर बराबरको सामान ल्याएको थियो ।

तर पहिलो चरणमा ल्याईएको सामाग्रीमा चार गुणासम्म बढि मूल्य तिरेको सार्वजनिक भएपछि सरकारको आलोचना हुँदै आएको थियो ।यसअघि स्वास्थ मन्त्रालयले समेत विश्वव्यापी रुपमै सामानको अभाव रहेकाले स्वास्थ्य सामाग्रीको मूल्य केही बढी भएको बताएको थियो स्वास्थ सम्वन्धि औषधि आयातकर्ताले समेत खरिद प्रक्रियामा आपत्ति जनाउदै महंगो मूल्य तिरिएको दावी गरेका थिए ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *