१० वटा भेन्टिलेटर सहित ५० बेड क्षमताको क्वारेन्टाइन उद्घाटन

निस्चल श्रेष्ठ, बिराटनगर :
बिराटनगरको सालट्रेनिङमा १० वटा भेन्टिलेटर सहित ५० बेड क्षमताको क्वारेन्टाइन उद्घाटन भएको । बिराटनगर रोडसेस नजीकै रहेको सालटे«निङ मा बनेको क्वारेन्टाइनको उद्घाटन प्रदेश १ का मुख्य मन्त्री सेरधन राईले गरेका हुन् । कोरोना रोकथामका लागी बनेको उक्त कोरोना अस्पतालको बिरामिलाई सिसि टिभिको मद्धत बात निगरानि गरीने मुख्यमन्त्री राइले बताए । एक साता भित्र निर्माण गरीसक्ने लक्ष्य लिएको उक्त अस्पताल निर्माणमा केहि दिन बढि लागेको भएपनी कोरोना नियन्त्रणका लागी उक्त अस्पतालले महत्वपुर्ण भुमिका खेल्ने मुख्य मन्त्री राईको दावी थियो ।

पुरानो सालट्रेनिङलाई अस्पतालको रुप दिनका लागी बिराटनगर महानगरपालीका , नेपाल प्रहरी , नेपाली सेना , ससस्त्र प्रहरी लगायतले सहयोग गरेका थिए । त्यस्तै कोरोना नियन्त्रण गर्न बनेको उक्त अस्पताल का स्वास्थ्य कर्मिहरुलाई उचित सुरक्षाको समेत ब्यावस्था गरीएको स्वास्थ्य तथा सामाजीक मन्त्री जिवन घिमिरेले बताए । कोरोना नियन्त्रणका लागी निर्माण गरीएको उक्त अस्पताललाई कोरोना नियन्त्रण भएपस्चा पुर्ण अस्पतालकै रुपमा संञ्चालन गर्ने समेत उनको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *