कोरोना कोषमा उच्च अदालतका न्यायाधीश कर्मचारीको सहयोग

विराटनगर । सरकारले स्थापना गरेको कोरोना रोकथान, नियन्त्रण र उपचार कोषमा उच्च अदालत र मातहतका अदालतका न्यायाधीशहरुबाट पनि सहयोग उपलब्ध गराइएको छ ।
उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाशीले दश दिनको तलब, उच्च अदालत विराटनगर मातहतका मोरङ र सुनसरी जिल्ला अदालतका न्यायाधीशहरुले सात दिनको तलब सरकारी कोषमा दाखिला गरिएको छ ।
उच्च अदालत विराटनगरका उप–रजिष्ट्रार मणिराम पोखरेलले रजिष्ट्रारबाट सात दिनको, अधिकृतस्तरका कर्मचारीहरुबाट पाँच दिनको, नायब सुब्बादेखि श्रेणीविहीन कर्मचारीहरुबाट तीन दिनको तलब बराबरको रकम सहयोग स्वरुप उपलब्ध गराएको बताए । भने,‘‘मुलुक नै संकटमा परेको बेला न्याक्षेत्रबाट समेत सहयोग गरिएको हो ।’’

Leave a Reply

Your email address will not be published. Required fields are marked *