नेपाल तरुण दलले खाना पकाएर खुवाउँदै

बिराटनगर:  बिश्वब्यापी रुपमा देखिएको कोरोना भाइरसको त्रास र कोरोना बाट बच्न गरेको नेपाल सरकारको लकडाउनका कारण देश पुर्ण रुपमा ठप्प भए संगै दैनिकि चलाउन समेत मुस्कील भएको अवस्थामा बिराटनगरमा राहत बितरण भएको छ । अति निम्न बर्ग र दैनिक ज्याला मज्दुरी गरेर दैनिकि चलाउने मानिस हरुलाई यतिबेला अहिले के खाउँ भरे के खाउँ भन्ने स्थीती सिर्जना भएको बेला नेपाल तरुण दल बिराटनगर ले दैनिक रुपमा खाना पकाएर खुवाउँदै आउको छ । नेपाल तरुण दलका जिल्ला कोसाध्यक्ष अनिल रिजाल ले आगामि दिनमा हुने लकडाउनको हरेक दिन कोशि अंञ्चल अस्पतालमा उपचार गर्न आएका निम्न वर्गका मानिस हरुलाई दैनिक खाना खुवाउने बताएका छन् ।

केहि दिन अघि बाट राहत स्वरुप खाना खुवाउन थालिएको हो । दैनि रुपमा २ सय भन्दा माथि मानिसहरुलाई खादा खुवाउँदै आएको र आगामि दिनमा समेत खाना खुवाउने कार्यलाई निरन्तरता नेपाल तरुण दलका जिल्ला अध्यक्ष प्रभाकर थापा ले बताए ।
त्यस्तै यस्तो परीस्थीतीमा भोका रहेको हरुलाई खाना खुवाउने कार्यको निरन्तरता दिनु सराहनिय कार्य भएको बताउँदै बिराटनगर महानगरपालीका का उपमेयर इन्दिरा कार्किले बताईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *