दैनिक उपभोग्य बस्तुमा मुल्यबृद्धि

लामोसमय को लकडाउनको मौका छोपेर ब्यापारी हरुले दैनिक उपभोग्य बस्तुमा मुल्यबृद्धि गरेको छ लकडाउनयता सामानअनुसार किलोमा ५ रुपैयाँदेखि २० रुपैयाँसम्म मूल्य बढेको हो । ढुवानी भाडा बढेको र सामान ओसार्ने चालक नपाएको जनाउँदै उपभोग्य बस्तुको मूल्यबृद्धि गरिएको देखिएको हो । होलसेलमा चामलको मूल्य प्रतिकिलो ४ रुपैयाँ, चनामा १५ रुपैयाँ र केराउमा १० रुपैयाँ बढेको देखिएको । रहर दाल र खाने तेलको मूल्य पनि सोही अनुपातमा मूल्य बढेको उपभोक्ताहरुले बताएका छन् ।

खाद्य किराना व्यवसायी संघले भने ढुवानी भाडादर पनि दोब्बर बढेकाले त्यसको असर बजारमा देखिएको जनाएको छ । लकडाउनपछि खाद्यान्नको माग बढ्दो र ढुवानी गर्ने चालक र सवारी नहुँदा बजारमा अस्वभाविक रुपमा मूल्यबृद्धि भैरहेको उपभोक्ता अधिकारकर्मीको भनाइ छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले भने नियमित अनुगमन भैरहेको भन्दै मूल्य बढाउनेलाई कारवाही गरिने जनाएको छ । बजार अनुगमनका क्रममा चर्को मूल्य लिनेहरुलाई कारवाही गरिएको पनि विभागको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *