बिराटनगरको नयाँ गुद्रि कोरोनाको उच्च जोखिममा , भिड नियन्त्रण गर्न असफल प्रशासन

मौकामा चौका हानेर पुरानो ठाउँ बाट नयाँ स्थानमा सारेको बिराटनगरको गुद्रिबजार यतिबेला कोरोना संक्रमको उच्च जोखिमयूक्त स्थान सावीत भएको छ । पुर्ण रुपमा सेटिङ गरेरै गुद्रिलाई नयाँ स्थानमा सारेको भएपनी हाल उक्त स्थानमा भिड नियन्त्रण स्थानिय प्रशासनले सकेको छैन ।
विराटनगरको जनपथ टोलमा सरेको गुद्री बजारमा सरकारले लागु गरेको लकडाउन तथा सामजिक दुरीको कुनै मतलब गरेको पाइदैन ।त्यसोत दैनिक सुरक्षा निकायको बाक्लो उपस्थीती रहेको स्थान नयाँ गुद्रि भएपनी भिड नियन्त्रण हुन नसकेको हो ।

सरकारले भिड नगर्नु , अत्यावश्यक सामान खरिद बिक्रि गर्दा पनि सावधानीपूर्वक मात्रै गर्नु भन्दै पुरानो स्थानमा रहेको गुद्रिको भिड नियन्त्रण गर्न नेपाली सेना समेत परीचालन गरेको थियो तर नयाँ स्थानमा सारेको गुद्री मा दैनिक भारत बाट तरकारी बोकेका सवारीसाधन बाक्लो रुपमा बिराटनगर भित्रीरहेको भएपनी बेवास्था गरेको पाइन्छ । यसरी दैनिक रुपमा भारत बाट नेपाल दैनिक उपभोग्य बस्तु बोकेर बिराटनगर भित्रदा कोरोना सार्न सक्ने सम्भावना समेत बढेको छ । हरेक दिन साँझ र बिहान गुद्री बजार जानेको भिड ठुलो छ । न व्यापारीले सामाजिक दुरी कायम गरेर बिक्रि गरिएको पाइन्छ न त सर्वसाधारणले नै सावधानी अपनाएको देखिन्छ । यसले कोरोनको चुनौती बढाएको छ स्थानियले पटक पटक नियन्त्रणको लागि पहल गरेको भएपनी नियन्त्रण हुन नसक्नु प्रशासनको कम्जोरी देखिएको छ ।
विराटनगर महानगरपालिकाले हरेक वडामा निश्चित स्थान तय गरेर सावधानी तथा सामाजिक दुरी कायम गरेर मात्रै अतिआवश्यक सामग्री बिक्रि वितरण गर्ने भनेको पनि कार्यन्वयनमा आउन सकेको छन् । त्यससंगै दैनिक रुपमा उपभोग्य बस्तुको पुर्तिगर्ने बाहनामा बिराटनगर कोरोना भाइरसको उच्च जोखिममा देखिएको पाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *