खै सरकार कहाँ छ

बिश्वब्यापीरुपमा कोरोना भाइरसको प्रकोप बाट बच्न बिभिन्न उपाय अपनाइरहेको भएपनी हामि नेपालीमा कति दिमाग छ भन्ने प्रमाणीत यसरी गरीरहेका छौ । दिनभरी लकडाउनलाई समर्थन गरेजस्तो गरेर रातभरी ब्यापार गर्न पल्केका हरुले नेपाललाई बिनाको बाट तिर धकेलीरहेको यो यथार्त प्रमाण हो । बिराटनगरको जनपथ टोलमा सेटिङमा खुलेको गुद्रि यतिबेला कोभिड १९ सेयरीङ गर्ने उत्म क्षेत्र सावीत भएको छ ।
बिश्वनै कोरोना भाइसर बाट महामारीको सिकार भईरहेको बेला पैसा कमाउ धन्दाले भारत बाट सिधै गुद्रि बजारमा तरकारी ल्याएर हरेक घर घरमा रोग सहजै पुर्याउने अभ्यासमा नेपाली लागी परेका छन् । यति साधारण तरीकाले कोरोनाको प्रकोपलाई यी ब्यावसायीहरुले लिएका छन् कि उनिहरुलाई बेला बेलामा आउने चार्ड पर्वको मेला जस्तो भएको छ बिराटनगरको नयाँ खुलेको गुद्रि बजार ।
सर्वधासरण लाई दिनभरी तातो सडकमा उभ्याउने कुनै निकाय यो भिडमा देखिदैन्न् । अनि खुलेआम ब्यापार भइरहेको छ । रातिको २ बजे बाट बिहानको ५ बजे सम्म चल्ने यो ब्यापार किन स्थानिय सरकाको दायीत्वमा आउन सकेन ? कस्को बलमा यतिठुलो रोगको ब्यापार भइरहेको छ ? किन मौन छ स्थानिय सरकार ? कि राति चाहि कोरोना भाइसर कसैमा सर्दन ? यदि यसो हैन भने यस्तो बिकराल अवस्था तत्काल रोकिन आवश्यक छ साथै बिकल्प खोज्दै स्थानि सरकाले यस्तो अबुझ दलाल हरुलाई कारबाहिको दायरामा ल्याउने हिम्मत स्थानिय सरकारले गर्नु पर्छ हैन भने कोरोना भाइसर हामिले दैनिक खाने तरकारी बाट हरेको घर सम्म पुग्ने निस्चीत छ । तपाईलाई यो भिडियो कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो बिचार राख्नुहोला ।
मौकामा चौका हानेर पुरानो ठाउँ बाट नयाँ स्थानमा सारेको बिराटनगरको गुद्रिबजार यतिबेला कोरोना संक्रमको उच्च जोखिमयूक्त स्थान सावीत भएको छ । पुर्ण रुपमा सेटिङ गरेरै गुद्रिलाई नयाँ स्थानमा सारेको भएपनी हाल उक्त स्थानमा भिड नियन्त्रण स्थानिय प्रशासनले सकेको छैन ।
विराटनगरको जनपथ टोलमा सरेको गुद्री बजारमा सरकारले लागु गरेको लकडाउन तथा सामजिक दुरीको कुनै मतलब गरेको पाइदैन ।त्यसोत दैनिक सुरक्षा निकायको बाक्लो उपस्थीती रहेको स्थान नयाँ गुद्रि भएपनी भिड नियन्त्रण हुन नसकेको हो ।
सरकारले भिड नगर्नु , अत्यावश्यक सामान खरिद बिक्रि गर्दा पनि सावधानीपूर्वक मात्रै गर्नु भन्दै पुरानो स्थानमा रहेको गुद्रिको भिड नियन्त्रण गर्न नेपाली सेना समेत परीचालन गरेको थियो तर नयाँ स्थानमा सारेको गुद्री मा दैनिक भारत बाट तरकारी बोकेका सवारीसाधन बाक्लो रुपमा बिराटनगर भित्रीरहेको भएपनी बेवास्था गरेको पाइन्छ ।
यसरी दैनिक रुपमा भारत बाट नेपाल दैनिक उपभोग्य बस्तु बोकेर बिराटनगर भित्रदा कोरोना सार्न सक्ने सम्भावना समेत बढेको छ । हरेक दिन साँझ र बिहान गुद्री बजार जानेको भिड ठुलो छ । न व्यापारीले सामाजिक दुरी कायम गरेर बिक्रि गरिएको पाइन्छ न त सर्वसाधारणले नै सावधानी अपनाएको देखिन्छ । यसले कोरोनको चुनौती बढाएको छ स्थानियले पटक पटक नियन्त्रणको लागि पहल गरेको भएपनी नियन्त्रण हुन नसक्नु प्रशासनको कम्जोरी देखिएको छ ।
विराटनगर महानगरपालिकाले हरेक वडामा निश्चित स्थान तय गरेर सावधानी तथा सामाजिक दुरी कायम गरेर मात्रै अतिआवश्यक सामग्री बिक्रि वितरण गर्ने भनेको पनि कार्यन्वयनमा आउन सकेको छन् । त्यससंगै दैनिक रुपमा उपभोग्य बस्तुको पुर्तिगर्ने बाहनामा बिराटनगर कोरोना भाइरसको उच्च जोखिममा देखिएको पाउन सकिन्छ ।
प्रदेश एक को राजधानी बिराटनगर , यहि छ मुख्य मन्त्री देखि सुरक्षा निकाय समेतका ठुला कार्यालय ।बाध्यताबस सडकमा निस्किएका सर्वसाधारण नागरीकलाई लकडाउन को ललंघन गरेको भन्दै तातो घाममा दिनभरी उभासने निकायले बिराटनगरको मुख्य बजारमा रहेको गुद्रि लाई भने निगरानी गर्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *