लगातरको लकडाउनको कारण ले अस्पतालमा बिरामि कुरेर बसेका हरुलाई बिराटनगरमा नेपालीकाँग्रेसका बिराटनगर प्रतिनिधि हरुको अगुवाईमा दैनिकखाना खुवाउन सुरु गरेको छ । बिराटनगरको कोशीअंञ्चल अस्पताल र नोबेला अस्पतालमा बिरामि लाई कुरुवा बसेका हरुलाई खाना खुवाउन सूरुगरेको हो । केहि दिन देखि दैनिक दुई सय जनालाई खाना अस्पतालमै लगेर खुवाउने गरेको नेपाली काँग्रेस नगर कार्यवाहक अध्यक्ष अरुण न्यौपाने ले बताए ।
आफैन सहयोगी हातहरुबाट खाना खुवाउन सुरुगरेको बताउँदै उनले लकडाउन अवधिभरी खाना खुवाउने लक्ष्य राखेको बताए । नेपाली काँग्रेसका नगर उपसभापती समेत रहेका प्रवीन जोशिले सरकारको ध्यान जान नसकेको स्थानमा नेपाली काँग्रेसको अगुवाईमा आफुहरु आपतको घडिमा सहयोग गर्न अघिसरेको बताए ।
दैनिकरुपमा अस्पतालमा बिरामिलाई कुरेर बसिरहेका बिरामिकाआफन्त हरुलाई लकडाउनले खानमा समस्या आएको बताउँदै उनले आपतको घडिमा सहयोगी हातहरु जुट्न जरुरीरहेको बताए ।
उता नेपाली काँग्रेस तरुण दल जिल्ला समिती समितीले बिराटनगरको कोशीअँञ्चल अस्पतालमादैनिक दुई सयभन्दा बढिलाई खाना खुवाउँदै आएका छ ।
यसकार्यमा थप सहयोगी बन्दै आएका प्रदेश सभाका प्रमुख सचेतक माननिय केदार कार्कि र सभासद बिन्दीया कार्किले आगामि दिनमा यस्तो कार्यले निरन्तरता पाउँदै जानु पर्नेमा जोड दिए । साथै आफ्नो स्थानबाट समेत सहयोग गर्न तत्पर रहेको बताए ।
Comments