पुर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७७ सालको शुभकामना सन्देश जारी गरे

काठमाडौं । पुर्वराजा ज्ञानेन्द्र शाहले देश तथा विदेशमा बस्ने सम्पुर्ण नेपालीहरुमा नयाँ वर्ष २०७७ सालको शुभकामना सन्देश जारी गरेका छ्न । उनले मानव सभ्यताको अनपेक्षित चुनौतीहरुको सामना गरिरहनु परेको कष्टकर परिस्थितिका माझ नयाँ वर्ष २०७७ को सुरुवात भएको भन्दै उनले विश्व आक्रान्त पारेको कोरोना भाइरसबाट वचन कठिन परिस्थितिका बिचपनी धैर्यताका साथ जो जहाँ भएपनी सुरक्षीत बस्न आगामी गरेका छ्न ।

आइतबार एक नयाँ वर्षको पुर्व सन्ध्यामा शुभकामना सन्देश जारी गर्दै पुर्वराजा शाहले नेपाली जनता सधै खुसी सुखी रहेको आफुले देख्न चाहेको भन्दै सबै नेपालीको सामुहिक एकताबाट सगरमाथा जस्तैगरी देशको शीर उच्च पारेको हेर्ने इच्छा प्रकट गरेका छ्न ।

शाहले कसैले कसैलाई निषेध गरेर जाने सोंचको आयु समाप्त भएको बताउनु भएको छ ।

उहाँले धरातलीय यथार्थलाई स्वीकार गर्ने आत्मस्वीकार गर्ने राष्ट्रिय भाव र एकता प्रबलीकरणको मार्ग स्पष्ट गर्न अब पनि नसकिएको खण्डमा इतिहासमा अर्को महाभूल हुने पनि प्रष्ट पार्नु भएको छ ।

उनले आम नेपालीबीच एकताको अपरिहार्यको थप बोध भएको पनि बताएका छ्न । शाहले कोरोना भाइरस विश्वव्यापी महामारीबाट देशका बिभिन्न भूभागमा र विश्वका बिभिन्न देशमा रहे बसेका सबै नेपाली आक्रान्त , सन्त्रस्त र समस्याग्रस्त रहेको उल्लेख गरेेेका छन् ।

यस्तो अवस्थामा देश र आफुलाई सुरक्षित राख्न र बचाउ गर्दै सबैले सजगता अपनाउन आवश्यक रहेको उल्लेख गर्दै उहाँले सन्देशमा भन्नुभएको छ, ‘नेपाली जनता खुसी र सुखी रहुन एवं देशको शीर सगरमाथा झै उच्च रहोस भन्ने हाम्रो अटल चाहना थियो छ र रहने छ ।’

पूर्व राजा शाहद्वारा जारी सन्देशमा अगाडि भनिएको छ, ‘आफूलाई गौण बनाएर देशको सर्वोच्चताको रक्षार्थ राष्ट्र र नेपाली जनतामा पर्न सक्ने बिभिन्न समयका खतराहरु टार्न हामीले हरसम्भव प्रयास गरेको सर्वविदितै छ, मानव स्वास्थ्यलाई एकै शताब्दीमा सबैभन्दा ठूलो खतरा सामना गर्नु परेको बेलामा नेपालीहरुले शान्त र सामूहिक रुपले राष्ट्रव्यापी रक्षाको पर्खाल कार्यान्वयन गरेका छन् तर विद्यमान संकटबाट मुक्ति पाउन र भविष्यमा उत्पन्न हुने अस्वभाविक चुनौतीहरुको सामना गर्न हामीबीचको एकता अपरिहार्य बनेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *