मोरङका किसान तरकारी बिक्री नभएपछि फाल्न बाध्य

मोरङ:  लकडाउनका कारण तरकारी बिक्री नभएपछि मोरङका किसान फाल्न बाध्य भएका छन । पाकेको गोलभेडाले लकडाउनका कारण बजार नपाएपछि किसानले धमाधम गोलभेडा मलखाल्डोमा हाल्न थालेका हुन । पथरी शनिश्चरेका किसान सामुहिक रुपमा गरेको गोलभेडाले लकडाउनका कारण बजार नपाएपछि चिन्तित समेत भएका छन ।

पथरी–शनिश्चरे– ६ का किसानले उत्पादन गरेको पाँच क्विन्टल गोलभेडा अहिले दिनहुँ खेर गैरहेको छ । जनप्रतिनिधि भने किसानको उत्पादन बजार पठाउन पहल भैरहेको बताउछन् ।

पथरी–शनिश्चरे– ६ का किसानले छ विघा जमिनमा लगाएको सामुहिक तरकारी खेतिले बजार पाउन नसकेको हो । पथरी शनिश्चरेको ५ र ६ को अधिकांश बासिन्दा तरकारी खेतिमार्फत जिविकोपार्जन गर्दै आएका छन् । उनीहरुले बजारमा निर्वाध तरकारी पु¥याउने व्यवस्था गरिदिन आग्रह पनि गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *