काठमाडौं : सरकारले लकडाउन १२ दिन बढाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले लकडाउन बैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो ।
चैत ११ गतेदेखि जारी लकडाउनको म्याद सरकारले तेस्रोपटक थप गर्ने निर्णय गरेको हो । दोस्रोपटक थपिएको लकडाउनको समय बुधबार सकिँदै थियो । शुरुमा एक साताका लागि लकडाउन घोषणा गरेपनि संक्रमित भेटिने क्रम बढेपछि सरकारले बढाउँदै लगेको हो ।
त्यस्तै मन्त्रीपरिषद बैठकले सीमा नाकामा थप कडाइ गर्ने निर्णय गरेको छ । त्यस्तै अन्तर्राष्ट्रिय हवाइ उडान स्थगितको समय पनि बैशाख १८ गतेसम्मका लागि थप गरिएको छ ।
नेपालमा हालसम्म १६ जनामा संक्रमण देखिएको छ । तिमध्ये एक जना उपचारपछि घर फर्केका छन् । आजै मात्रै भारतले पनि १९ दिनका लागि लकडाउन बढाउने निर्णय गरेको थियो ।
Comments