कोरोना संक्रमित जोगवनी नाकाबाट नेपाल प्रवेश गरेको पुष्टि

विराटनगर । वीरगन्जमा कोरोना संक्रमित भेटिएका तीनजना भारतीय जोगवनी नाकाबाट नेपाल प्रवेश गरेको पुष्टि भएको छ ।् पुस १ गते दिल्लीबाट ट्रेनमा आएका उनीहरु मोरङ, सुनसरी, सप्तरी हुँदै फागुन ८ मा वीरगन्ज पुगेको प्रशासनको निश्कर्ष छ । उक्त जमाती टोली पुस २ गते विराटनगरको रानी स्थित मस्जिदमा पुस ४ देखि १० दिनसम्म सुनसरी दुहबीको जामे मस्जिदमा बसेको थियो ।
मुस्लिम धर्म प्रचारक १४ जनाको समूहमेध्येका ३ जना मा कोरोना लागेको पुष्ठि भएको हो । जिल्ला प्रशासन कार्यालय पर्साले ३ जना संक्रमित भेटिएको उक्त टोली गत पुस २ मा विराटनगर नाकाबाटै नेपाल प्रवेश गरेको स्पष्ट गरेको हो ।
पुस १६ देखि फागुन १ गतेसम्म सुनसरीकै इनरुवास्थित विभिन्न मस्जिदमा बसेका उनीहरु फागुन २ गते सप्तरीमा आयोजित मुस्लिमहरुको धार्मिक भेलामा सहभागी भएर फागुन ८ मा वीरगन्जको सुगौली पुगेको प्रशासनले जनाएको छ । उनीहरुमध्ये एक जना फागुन १४ गते सीमावर्ती भारतीय बजार रक्सौल गएर एटीएमबाट पैसा झिकेको पाइएको छ ।

वीरगन्ज महानगरपालिका–२६ सुगौलीस्थित विभिन्न ६ वटा मस्जिदमा उक्त जमाती टोली एक महिनासम्म बसेको थियो । उनहिरु चैत ७ मा वीरगन्ज महानगरपालिका– १ बजार छपकैयामा रहेको मस्जिद पुगेका थिए । लकडाउन जारी भएको बेला चैत १३ मा उक्त धर्म प्रचारक टोली जामे मस्जिदमा प्रवेश गरेका थिए ।

चैत २८ मा १४ मध्येका ३ जनाको स्वाब शंकास्पद देखिएपछि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन कुमार उपाध्यायको पहलमा मस्जिदबाट बोलाएर उनीहरुलाई नारायणी अस्पतालको आइसोलेसन वार्डमा राखिएको थियो । भारतको दिल्लीका ४५ वर्षीय, उत्तर प्रदेशका ५५ वर्षीय र दिल्लीकै ३७ वर्षीय भारतीयमा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितका सम्पर्कमा आएका तथा अन्य शंकास्पद व्यक्तिहरुमा कोभिड १९ को संक्रमण भए नभएको एकिन गर्र्न यापिड डाइग्नोस्टीक टेस्ट भइरहेको छ । उनीहरुको ट्राभल हिष्ट्री प्रशासनले सार्वजनिक गरेपनि उनीहरु कहाँबाट संक्रमित भए भन्ने यकिन हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *