फिल्म ‘कन्टेजियन’ कोरोना भाइरस (कोभिड १९) का कारण चर्चामा

काठमाडौं : हामीले प्रायः सुन्दै आएका छौं कि फिल्म सत्य घटनाबाट प्रेरित हुन्छ । तर तपाईंले अहिलेसम्म सुन्नु भएको छ केही समय अगाडि नै बनेको फिल्म अहिलेको समयसँग मेल खाएर भाइरल भएको ? सन् २०११ मा निर्देशक स्टीवन सोडरबर्गको निर्देशनमा बनेको फिल्म कन्टेजियन सामाजिक सञ्जालमा यतिवेला ट्रेन्डिङमा छ । यस फिल्ममा एक खतरनाक भाइरस फैलिएपछिको अवस्थाको कहानी देखाइएको थियो ।

सार्स र स्वाइन फ्लूबाट प्रेरित थियो फिल्म

ग्वेनिथ पल्ट्रो, मारिआन कोटिलार्ड, ब्रेयान क्रेन्सटन, मेट डेमन, लरेन्स फिशबर्न, जूड ल, केट विन्सलेट र जेनिफर अभिनित यस फिल्म सन् २००३ मा फैलिएको सार्स (सीवर एक्यूरेट रेस्पीरेट्री सिन्ड्रोम) र सन् २००९ मा फैलिएको स्वाइन फ्लूबाट प्रेरित भएर बनाइएको हो ।

फिल्म ‘कन्टेजियन’ अहिले संसारभरि फैलिरहेको कोरोना भाइरस (कोभिड १९) का कारण चर्चामा आएको हो । अहिले विश्वमा कोरोना भाइरसले महामारी रुप लिएपछि दर्शकको यो फिल्म हेर्ने इच्छा बढ्दै गएको हो । तर, सत्य घटनाबाटै प्रभावित भएर बनेको भए पनि उक्त फिल्मले त्यतिबेला भने खासै चर्चा पाएको थिएन । यो फिल्मले भाइरसको संक्रमणबाट जोगिन केही उत्प्रेरणा दिन सक्ने बताइएको छ ।

अहिले विश्वभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४७ हजार दुई सय ४९ जनाको मृत्यु भइसकेको छ भने भाइरसबाट ९ लाख ३६ हजार १ सय ७० जना संक्रमित भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *