१२ बर्ष अघिदेखि थला परेका बिरामीलाई झापाबाट उद्धार: डा.शर्मा

नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले उपचार गर्ने पैसा नभएर १२ बर्ष अघिदेखि थला परेका बिरामीलाई झापाबाट उद्धार गरेका छन् . झापाको ब’द्धशान्ति गाउँपालिका–४ ज’नेलीबस्तीका ३१ बर्षीय हस्तबहादुर दर्जीलाई सोमबार उद्धार गरेर उपचारका लागि नोबेल अस्पताल ल्याइएको हो ।

रुखबाट लडेर मेरुदण्ड भाचिएपछि दर्जीको कम्मर भन्दा मुनिको भाग चल्न छोडेकाले उनी थला परेर बसे । ओछ्यानमै दिसा, पिसाव हुँदा पनि उपचार गर्ने पैसा नभएकाले उनी पीडादायी जीवन बिताउँन बाध्य थिए । दर्जीले भने–‘उपचार गर्ने पैसा नहुँँदा आफ्नो नाममा भएको एक कठ्ठा जग्गाबेच्नु परेको बताए ।

जग्गा बेचेको पैसाले उपचार गर्न नपुगेक पछि दुई बर्ष देखि उनी ओछ्यानमा नै थला परेर बसेका थिए । दर्जीको यस्तो पीडादायी अवस्था थाहा पाएपछि बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेश कसमार भुजेलले उनको उपचारका लागि पहल गरेका हुन् . अध्यक्ष भुजेलले दर्जीको पीडादायी अवस्था जानकारी गराएपछि डा.शर्माले उनलाई नोबेल अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाइदिएका छन् ।
कांग्रेस महासमिति सदस्यसमेत रहेका डा.शर्माले यसअघि पनि यस्ता सयौं बिरामीलाई उद्धार गरिसकेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *