भारतबाट नेपाल भित्रिने गाडीहरुलाई सेनिटाइज गरेर मात्रै भित्र्याइने : जोगबनी नाका

मालसामान बोकेर भारतबाट नेपाल भित्रिने गाडीहरुलाई सेनिटाइज गरेर मात्रै जोगबनी नाका बाट भित्र्याइने भएको छ । मालसामान लोड–अनलोड गर्दा र चलाउँदा मानिसको प्रयोग हुने र त्यस्तो बेलामा एकजनाबाट अर्कोमा समेत कोरोना भाइरसको संक्रमण फैलिने उच्च सम्भावना भएका कारण सेनीटाइजर गरेर मात्र नेपाल भित्रन दिने बिराटनगर भन्सार कार्यालय ले जनाएको ।

१ नम्बर प्रदेशको प्रमुख भन्सार नाका जोगवनीस्थित एकीकृत भन्सार जाँच चौकीमा त्यस्तो व्यवस्था गर्न लागिएको हो । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीका अनुसार बुधबार विहान त्यस बिषयमा भन्सार प्रमुख र अन्य सरोकारवाला निकायहरुसँग छलफल भएको छ ।एकीकृत भन्सार जाँच चौकीबाट नेपाल प्रवेश गर्ने ठाउँमै ढुवानी र मालबाहक गाडीहरुलाई निर्मलिकरण गर्न अटोमेटिक सेनिटाइजर मेसिनको व्यवस्था गरिने छ ।

सरकारले अन्तर्राष्ट्रियय सीमा नाका बन्द गरेर मानिसहरुको आवत जावतलाई बन्द गरे पनि अत्यावश्यक वस्तुको आयात तथा ढुवानी भने भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *