मोरङको बुढिगंगा गाउँपालिका–१ की युवतिमा कोरोना भाइरसको एण्टीबडी

विराटनगर, ४ बैशाख: मोरङको बुढिगंगा गाउँपालिका–१ की युवतिमा कोरोना भाइरसको एण्टीबडी देखिएको छ । बुढिगंगा–३ स्थित सामुदायिक स्वास्थ्य केन्द्रमा गरिएको आरडीटी परीक्षणका क्रममा एण्टीबडी पोजेटिभ भेटिएको वडा नम्बर १ का वडाध्यक्ष युवराज पौडेलले बताए । करीव एक महिनाअघि भारतको बैङ्लोरबाट अध्ययन गरी घर आएकी २७ वर्षीया युवतिको द्रुत पहिचान परीक्षण अर्थात र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) गर्दा उनको रिपोर्ट पोजेटिभ देखिएको जनाइएको छ ।

युवति गत चैत १० गते घर आइपुगेकी थिइन् । उनीसँगै आएकी अर्की युवतिको रिपोर्ट भने नेगेटिभ आएको जनाइएको छ । उनको स्वाब परीक्षणका लागि कोसी अस्पताल लैजान आवश्यक तयारी गरिरहेको जनाइएको छ । यो सहित प्रदेश १ मा आरडीटी रिपोर्ट पोजेटिभ आउनेको संख्या दुई पुगेको छ । दुबईबाट फर्किएका झापाको हल्दिबारी-२ का एक युवकमा पनि आरडीटी रिपोर्ट पोजेटिभ आएको थियो तर उनको बिहिबार गरिएको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *