भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या दिनहुँ बढ्दो क्रममा देखिएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नौ सय ४१ जना नयाँ संक्रमित थपिएका छन । योसँगै भारतमा संक्रमितको संख्या १२ हजार ७ सय ५९ पुगेको छ । कोरोना भाइरस संक्रमणका कारण भारतमा चार सय २० को मृत्यु भइसकेको छ । पछिल्लो २४ घन्टामा ३७ जनाको मृत्यु भएको छ । १ सय ८३ जना उपचारपछि घर फर्केका छन । भारतमा अहिलेसम्म २ लाख ९० हजारको नमूना संकलन गरिएको छ । त्यस्तै पाँच लाख आरडिटी टेस्ट पनि गरिएको छ । भारतमा देशभर ट्रेन, बस, रेल र अन्य यातायातका साधनमा प्रतिबन्ध कायमै छ । शिक्षण संस्था, सपिङ मल, जिम क्लबलगायत सबै सेवा बन्द छन । लकडाउन कायमै भए पनि संक्रमण फैलदो क्रममा रहेको छ । राजधानी दिल्ली र आर्थिक राजधानी मुम्बईसहित भारतका छवटा ठूला सहरलाई कोरोना भाइरस महामारीको खतरनाक क्षेत्रमा राखिएको छ । दिल्ली र मुम्बईबाहेक चेन्नई, बैंगलोर, कोलकाता र हैदराबाद पनि खतरनाक क्षेत्रमा परेका छन । भारतमा आगामी केही साता निकै सङ्कटपूर्ण हुने विज्ञले चेतावनी दिएका छन ।
भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या दिनहुँ बढ्दो

अन्य सामग्री

प्रतिबन्धित लागुऔषध सहित एक जना पक्राउ ।
माघ ३ गते,मोरङ – मोरङ बिराटनगर-१६ स्थित सिमा एरियाबाट प्रतिबन्धित लागुऔषध सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा-६ बस्ने २८ बर्षीय आशिस मगर रहेका छन । बिशेष सुराकका आधारमा ईलाका...

मोटरसाईकल चोरीमा संग्लग्न ७ जना पक्राउ ।
पौष २९ गते,झापा – जिल्ला प्रहरी कार्यालय झापाले मोटरसाईकल चोरीमा संग्लग्न रहेका ७ जनालाई पक्राउ गरी सार्वजानिक गरेको छ । बिगत केही समयदेखि बिर्तामोड र अर्जुनधारा तथा कन्काई नगरपालिकाको एरिया ईलाकाहरुब...

प्रदेश नं.-१ का मुख्यमन्त्री शेरधन राईसहित आठ जना सांसद निलम्बित ।
पौष २८ गते,विराटनगर – नेकपा प्रदेश–१ (प्रचण्ड-नेपाल समूह)को संसदीय दलले मुख्यमन्त्री शेरधन राईसहितका आठ जनालाई सांसद पदबाट निलम्बन गरेको घोषणा गरेको छ । नेपाल समूहले विज्ञप्तीमार्फत उनीहरुलाई तीन महिन...
Comments