कलंकीमा औषधि किनेर फर्किएका तीन जनामाथि प्रहरीले लाठी बर्सायो

काठमाडौं : कलंकीमा औषधि किनेर फर्किएका तीन जनामाथि प्रहरीले लाठी बर्साएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । लकडाउनको समयमा अत्यावश्यक काममा निस्कनेलाई प्रहरीले अनावश्यक बल प्रयोग गरेको भन्दै आलोचना भएको हो ।

कलंकी चोक र कलंकी मन्दिर बीचको मेडिकलमा औषधि किनेर फर्केका तीनजनालाई प्रहरीले घेरा हालेर कुटेको दृश्यमा देखिन्छ ।

हेल्थपाटी डटकमका पत्रकार जगन्नाथ ढकालले भिडियो सार्वजनिक गरेका हुन । औषधि किनेको भन्दाभन्दै प्रहरीले उनीहरुमाथि अभद्र व्यवहार गरेको दृश्यमा देखिएको छ ।

प्रहरीले भने सो घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । बुधबारपनि प्रहरीले त्रिवि शिक्षण अस्पतालका चिकित्सकलाई प्रहरीले कुटपिट गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *