छपकैयालाई स्थानिय प्रशासनले सिल गरेपछि आम जनजिवन प्रभावित

वीरगन्ज ,४ बैशाख । पर्सा जिल्लाको वीरगन्ज महानगरपालिकाको छपकैयामा कोरोना भाइरसको संक्रमित ३ जना फेला परेपछि आम जनतामा त्रास बढदै गएको छ । वीरगन्ज लगायत आसपासका कतिपय गाउटोलवासीहरु स्वफुर्त रुपमा बन्दाबन्दीलाई कडा पारेका छन् ।गाउ टोल प्रवेश गर्ने मुख्य बाटोहरुमा बासको अवरोध खडागरि गाउमा प्रवेश निषेधको सुचना राखेर आउजाउमा रोक लगाएका छन ।

कारोनाको संक्रमितहरु वीरगन्जको छपकैया स्थित यतिमखानाबाट भेटिएपछि छपकैयालाई स्थानिय प्रशासनले सिल गरेकोछ ।सिल गरिएपछि आम जनजिवन प्रभावित भएको छ । दैनिक उपभोग्य सामग्रीको कमिले गर्दा जिवन व्यतितगर्न कठिन भएको स्थानियहरुले गुनासो गर्न थालेका छन । छपकैया क्षेत्र यतिखेर सिल गरिएको हुनाले त्यहाँ आवतजावत बन्द छ । आवश्यक बस्तुको पसलहरु बन्द भएकाले सावधानीको दृष्टीकोणले प्रशासनिक कदम आवश्यक भएपनि त्यसबाट सृजित संकटहरु समाधानका लागि उनले सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *