उदयपुरमा कोरोना संक्रमित भेटिएका १२ जना जोगबनी नाका हुँदै नेपाल प्रवेश गरेको पाइए

काठमाडौं : उदयपुरमा कोरोना संक्रमित भेटिएका १२ जना जोगबनी नाका हुँदै नेपाल प्रवेश गरेको पाइएको छ । उनीहरु यसअघि वीरगन्जमा भेटिएका संक्रमितसँगै सुनसरी र सप्तरीका कार्यक्रममा सहभागी भएको प्रहरी अनुसन्धानमा देखिएको हो । उदयपुरको त्रियुगा नगरपालिका तीन भुल्केस्थित मस्जिदमा संक्रमित अवस्थामा भेटिएका १२ जना भारतीयले आफुहरु मंसिर अन्तिम साता नै नेपाल प्रवेश गरेको प्रहरीलाई बताएका छन् ।

उनीहरु मोरङ, सुनसरी र सप्तरीका मस्जिदमा पुगेर उदयपुर प्रवेश गरेको पाइएपछि उनीहरु गएका मस्जिद लगायतका क्षेत्रमा प्रहरीले कन्ट्याक ट्रेसिङको तयारी गरिएको छ ।

संक्रमितसँगै भुल्केको मस्जिदमा १६ जनालाई क्वारेन्टिनमा राखिएको छ । संक्रमितलाई भने विराटनगरमा बनाइएको कोभिड १९ उपचार केन्द्रको आइसोलेसनमा राखिएको छ ।

अस्पतालमा १० वटा आईसीयु र १० वटा भेन्टिलेटरसहितको शैय्यासमेत छन् । प्रदेश सरकारले कोरोना अस्पताल उपचार केन्द्र सञ्चालनको जिम्मेवारी कोसी अस्पताललाई दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *