मुसलमान जगतलाई उग्रवादतर्फ थप उन्मुख गराउने चेतावनी :इमरान खान

पाकिस्तान : पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कश्मीरमा भएका प्रदर्शन र विरोधका स्वरमाथि भारतले गरेको दमनले मुसलमान जगतलाई उग्रवादतर्फ थप उन्मुख गराउने चेतावनी दिएका छन् । पाकिस्तान प्रशासित कश्मीरको मुजफ्फराबादमा आयोजित सभालाई सम्बोधन गर्दै उनले भारतीय सेनाले दिल्लीको निर्देशनमा कश्मीरमा गम्भीर अपराध गरिरहेको बताएका हुन् ।

प्रधानमन्त्री खानले भारतको सत्तारुढ भारतीय जनता दल तथा उसको वैचारिक संगठन ‘आरएसएस’को कटु आलोचना गरे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई चुनौती दिँदै वर्तमान कारबाहीले कश्मिरमा हिँसाका घटना झनै बढ्ने उनको भनाइ थियो ।

भारतले अगस्ट पाँचमा जम्मु कश्मीर राज्यलाई दिइँदै आएको विशेष संवैधानिक हैसियत खारेज गरेपनि भारत पाकिस्तान तनाव बढेको छ । कश्मीरमा नागरिक अधिकारहरूमाथि समेत अंकुश लगाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *