भोजपुरमा एक युवकमा कोरोना संक्रमण पुष्टि

भोजपुरमा एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । गत मंलगबार द्रुत परिक्षण विधि (आरडीटी)बाट जाँच गर्दा रिपोर्ट पोजेटिभ देखिएका उनको पीसिआर रिपोर्ट पोजेटिभ आएको हाे ।

हतुवागढी गाउँपालिकाका २६ वर्षीय युवकको मंगलबार द्रुत परिक्षण विधि (आरडीटी)बाट जाँच गर्दा रिपोर्ट पोजेटिभ देखिएपछि कोरोनाको थप पुष्टिको लागि स्वाब संकलन गरी बुधबार धरान पठाइएको थियो । गत २०७६ साल फागुन ३० गते साउदीबाट काठमाडौं आएका ती युवक चैत्र ११ गते हतुवागढी आइपुगेका थिए ।

होम क्वारेन्टाइनमा रहेका उनलाई (आरडीटी) रिपोर्ट पोजेटिभ देखिएपछि प्राथामिक स्वास्थ्य केन्द्र घोरेटारमा रहेको आइसोलेसनमा राखिएको छ । युवकका परिवारका दुई सहित अन्य ३ जनाको आरडिटी रिपोर्ट भने नेगेटिभ आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *