विराटनगरबाट काठमाडौं हिडेका हरुलाई प्रहरीले फर्काउने

विराटनगरबाट काठमाडौं हिडेका हरुलाई प्रहरीले फर्काउने तयारी गरेको छ।

सोमबार बिहान विराटनगरबाट करिब ८५ जनालाई काठमाडौं पठाइएको विराटनगर महानगरपालिकाका मेयर भिम पराजुली बताएका थिए । उनका अनुसार काठमाडौंबाट पढ्नका लागि बसेका, अलपत्र परेकालाई काठमाडौं पठाइएको हो। तर अहिले उनीहरूलाई नागढुंगामै होल्ड गरी राखिएको छ।

उनीहरूलाई फर्काउने तयारी भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले बताए। उनका अनुसार ती व्यक्तिहरूलाई विराटनगर नै फर्काउन लागेका हुन्। अहिले कसैलाई पनि काठमाडौं छिर्न नदिएको बताउँदै उनीहरूलाई पनी फर्काउने तयारी गरीरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *