बिराटनगर १७, हुसैन सेख ।
ह्यूमानिटी फाउन्डेशन द्वारा एक परिवार लाई ह्याण्ड पम्प ट्यूब वेल कल प्रदान गरिएको छ।
क्षेत्र नं ५ जहदा गाउँ पालिका वडा नं ३ जयरामपूर मा ने कांग्रेस का यूवा नेता तथा ह्यूमानिटी फाउन्डेशन का संस्थापक अध्यक्ष सलिम अंसारी द्वारा नेफालाल राजबंशी को परिवार लाई ह्याण्ड पम्प ट्यूब वेल कल प्रदान गरिएको हो ।
नेपाली कांग्रेसका कृयाशिल पूर्व क्षेत्रीय प्रतिनिधि समेत रहनु भएका नेफालाल राजबंशी का परिवार ले लामो समय देखि छिमेकी बाट पानी ल्याईंदै जिविका चलाईरहेका थिए।
कोरोना को त्रास ले राजबंशी को परिवार लाई छिमेकी ले पानी लिन अहिले जोखिमपूर्ण अवधीभरी न आईदिन आग्रह गरेको मा सो बिपन्न गरिब राजबंशी परिवार लाई असाध्यै अप्ठेरो भोग्नु परेको गुनासो अध्यक्ष अन्सारी लाई खबर गरेका थिए ।
गरिब असहाय बिपन्न का लागि ह्रदय बाट भलो गर्न चाहने नेता सलिम अन्सारी ले आज स्वयं आफनो उपस्थितिमा नेफालाल को घरमा ट्यूबवेल पम्प गाड्न लगाए र एउटा समाजसेवा को राम्रो प्रेरणारुपी उदाहरण प्रस्तुत गरे का छन।
लकडाउन को अवधिमा सलिम अन्सारी लगातार राहत वितरण कार्य मा जुटेका छन।
Comments