बिराटनगर १९ , हुस्सैन सेख
७०० रोज़ेदार मुस्लिम परिवार लाई आज शुभकामना सहितको कोसेली वितरण गरिएको छ ।
बिगत लामो समय देखि नै सामाजिक कार्यमा लगनसिल रहेका र बिपन्न परिवार हरु को हिरो कहलाउने ने. कांग्रेसका यूवा नेता तथा ह्युमानिटि फाउन्डेसन का अध्यक्ष सलिम अन्सारी द्वारा उक्त राहत वितरण गरिएको हो ।
राहत बाड्दै गरेको फोटो :-
कोरोना भाइरस को त्रास ले गर्दा नेपाल सरकारले गरेको लक्डाउन मा बिपन्न परिवारहरुका लागि हरेक दिन केहि न केहि राहत स्वरुप लीइ घर घरमा समेत अन्सारीले पुर्याएका हुन् ।
यूवा नेता तथा ह्युमानिटि फाउन्डेसन का अध्यक्ष सलिम अन्सारी :-
डा शेखर कोइराला :-
यस्तो महामारीमा आफ्नो ज्यान जोखिम मा रहे पनि रात दीन आफनो पहुंच अनुसार आफना पिडित जनता को छांक टार्न निरंतर खटिरहनु भएका ने कांग्रेसका प्रभावशाली साहासी नेता डा शेखर कोइराला ले मुस्लिम समुदाय मा अहिले चलिरहेको महान पर्व रमजानुल मुबारक अर्थात ३० दिने बसिने बर्त लाइ मध्यनजर गर्दै र सोसल डिस्टेन्सिङ्ग को पालना गर्दै उक्त ७०० पोका राहत वितरण गर्ने योजना बनाएका हुन् ।
यस अघि २०० पोका बुढीगंगा गाउँपालिका को सितापुर मा स्थानीय नेता जित थापा मगर को हात बाट मुस्लिम परिवारहरुलाई वितरण गरिसकेका छन् ।
यूवा नेता सलिम अन्सारी , रियाज अहमद, अनुप सापकोटा, सुरज चौधरी र नबिन हुसैन अंसारी द्वारा आज बिराटनगर को धोबियारि वडा न : ९ मा सोहि राहत बाट १०० पोका राहत वितरण गरिएको छ ।
यूवा नेता सलिम अन्सारी भन्छन : अझै बाँकी रहेका ४०० पोका स्वयम् आफ्नै हात बाट घर घर गइ बिपन्न र बिकट ठाउँ हरुमा रहेका बिपन्न परिवारहरुलाई बाड्ने योजना गरेका छौ ।
Comments