कोरोना को त्रास रहिरहदा फेरी थप दुई जनामा संक्रमित फेला

काठमाडौं : नेपालमा फेरी थप दुई जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

शुक्रबार भेरी प्रादेशिक अस्पतालमा उपचाररत दुईजनामा कोरोना भाइरस को पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार उनीहरुमध्ये एकजनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट कोरोना पुष्टि भएको हो।
अर्काको नेपालगञ्‍जस्थित ल्याबमै गरिएको पिसिआर परीक्षणमा कोरोना देखिएको हो।

उनीहरु दुईमध्ये एकजना विदेशबाट आएको खुलेको छ।
अर्का बिरामी रुपन्देहीका बासिन्दा हुन्। उनलाई नेपालगञ्‍जकै आइसोलेसनमा राखेर उपचार भइरहेको थियो।

मन्त्रालयले यसबारेमा केही समयमा आधिकारिक जानकारी दिने भएको छ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ।
संक्रमित ५९ मध्ये १६ जना उपचारपछि डिस्जार्ज भइसकेका छन्।
बाँकी ४३ संक्रमितको विभिन्‍न अस्पतालमा उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *