ठूला होटल ६ महिनाको लागि पूर्णरूपमा बन्द गर्ने निर्णय

काठमाडौं : नेपाल होटल संघ ‘हान’ले कोरोना महामारीमा कारण ब्यवसाय धरासायी भएको भन्दै ठूला होटल ६ महिनाको लागि पूर्णरूपमा बन्द गर्ने निर्णय गरेको छ । उद्योगी व्यवसायीले लकडाउनको अवधिमा पनि कर्मचारीलाई पूर्णरूपमा तलब दिनुपर्ने निर्णय सरकारले गरेपछि व्यवसायीले तारे होटल छ महिनाका लागि बन्द गर्ने निर्णय गरेका हुन् । बैठकले कर्मचारीलाई छ महिनासमम्म तलबको रूपमा आधारभूत तलबको १२ दशमलब ५ प्रतिशतका दरले हुन आउने रकम मात्रै दिने र त्यस्तो तलब लिन नमान्ने कर्मचारीलाई रोजगारीबाट हटाउने निर्णय समेत गरेको छ ।

सरकारले वैशाख महिनाको तलबको ५० प्रतिशत सम्बन्धित उद्योगले उपलब्ध गराउने र बाँकी ५० प्रतिशत तलब ज्याला भुक्तानी गर्न रकम आवश्यक परेमा बैंक वित्तीय संस्थाबाट कर्जा दिने बताएको थियो । तर होटल ब्यवसायीले व्यवसाय नै बन्द गर्ने निर्णय गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *