सांसद मोदीको सहयोगमा मानव सहयोगी हातहरु द्वारा १३० बिपन्न परीवारलाइ राहत बितरण

हुसैन सेख ,२२ ,बिराटनगर ।
१३० बिपन्न परिवारहरुलाई घर घर गइ आज राहत वितरण गरिएको छ ।

कोरोना भाइरस को त्रास ले लगाइएको लक्डाउन मा सामान्य मजदुरी गर्ने कामदारहरु अहिले बिचल्ली परेका छन् ।
यस्तो महामारीको त्रास रहिरहेको बेला काम गर्न नपाएपछि गरिब मजदुरहरु भोक भोकै बस्नुपर्ने बाध्त्यता पनि अहिले रहेको छ ।

सो कुरा लाइ ख्याल राखी माननीय सांसद अमन लाल मोदीको सहयोगमा उक्त राहत लीइ बिराटनगरका विभिन्न ठाउँ गइ घर घर पुगी मानव सहयोगी हात नामक संस्था का सचीव ताजिम अन्सारी ले बाडेका हुन् ।

सचीव अन्सारीले १३० गरीब बिपन्न , एकल परीवार ,अपाङ्ग,तेस्रोलिंगी र असहायलाई १० कि लो का दरले १३०० कि लो चामल आज वितरण गरेका हुन् ।
लक डाउन लागू भएदेखि नै निरन्तर आफ्नो ज्यान हात मा राखी गरिब बिपन्न परिवारहरुलाई भोकै सुत्न नदिने लक्ष लिइ बिराटनगर लगायत का स्थानहरु मा घर घरमा गइ राहत बितरण गर्दै आईरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *