तपाई बेरोजगार हुनुहुन्छ ? श्रीयोग संग जोडिनुहोस्

काठमाडौ भदौ २८ : पार्टटाइम जवको अवसर दिलाउने श्रीयोग डटकम नामक अनलाइन फ्लेटफर्म सञ्चालनमा आएको   छ।  कामदार चाहिएका संस्थाहरुलाई सेवा दिनेगरी डिजिटल प्लेटफर्म सञ्चालनमा आएको

श्रीयोग कन्सल्टिङ्गले बेरोजगारी समस्याले अल्मलिरहेका जनशक्तिहरुमा रहेको सिप तथा अनुभवलाई उचित ढंगबाट प्रयोगमा ल्याई उनीहरुका लागि आम्दानीको बाटो सिर्जना एउटा सहयोगी माध्यम बन्न सक्ने संञ्चालक उप्रेतिको बिश्वास रहेको छ ।                                पार्टटाइम जवको अवसर www.sriyog.com

यस अनलाइनमा आफूलाई सूचिकृत गर्न चाहने ब्यक्तिले श्रीयोग टटकममा गएर आफूलाई दर्ता गराउनु पर्छ । दर्ता गराउन मोवाइल वा इमेल ठेगाना आवश्यक हुन्छ । दर्ता गराउँदा आफ्नो ब्यक्तिगत विवरण, फोटो र अनुभवसमेत राख्न सकिन्छ । यसरी विभिन्न रोजगारीको किसिममा सूचिकृत भएका ब्यक्तिहरुलाई रोजगार दाताले उनीहरुको ब्यक्तिगत विवरण हेरेर सिधै सम्पर्क गर्न सक्छन् ।
यसमा १८ वटा मुख्य समुह, १ सय ५० भन्दा बढी उप–समुह तथा ती पेशासँग सम्बन्धित व्यक्तिहरुको नाम, सम्पर्क नम्बर तथा ठेगाना, प्रोफाइल फिचर, नजिकको लोकेसनमा देखिने–नदेखिने बनाउन सक्ने, रेटिङ, रिभ्यु, शुल्क, अफर, कामका लागि उपलब्ध भएको, नभएको जानकारी समूह अनुसार राखी पार्टटाईम काम गर्ने मौका दिनेगरी सेवा ल्याइएको कम्पनीले जानकारी दिएको छ।

डिजिटल प्लाटफर्म श्रीयोग डटकमले पार्टटाइम काम गर्ने, केही सीप भएको व्यक्तिहरूलाई लिस्टिङ् गर्नेछ । सो लिस्टअन्तर्गत आफूलाई चाहिएको व्यक्ति र उसले दिने सेवालाई फोनमा सम्पर्क गरी काम सम्बन्धी प्रस्ताव राखी काम गराउन सकिनेछ । बिषेशगरी दैनिकरुपमा बिदेशीरहेका यूवाहरुलाई रोक्ने कार्यको थलानि गरीएको भएपनी यूवाहरुमा चाँडो पैसाकमाउने सोचाइका कारण समेत देशमा काम गर्ने जनशक्तीको कमी भएको पाउन सकिन्छ । तरपनी नेपाल भित्रै रहेका युवाहरु जस्को हातमा सिप छ तर काम पाउन सकिरहेको छैन भने आफुले राखेको आफ्नो कामको बिषेशताको आधारमा श्रीयोग डटकमले रोजगारी सिर्जना गर्ने छ । निकै लामो रिसर्ज पछि लन्च गरीएको श्रीयोग डटकमले आगमि दिनमा भारत र अमेरीकामा समेत पार्टटाइम जबको लागी आफ्नो कार्ययोजना बिस्तार गर्ने लक्ष्य लिएको समेत संञ्चालक उप्रेतिले जानकारी दिएका छन् । श्रीयोग डटकम ले कुनैपनी ब्याक्तिमा भएको सामान्य सिपलाई समेत रोजगारीको वातावरण सिर्जना गर्न मद्धत गर्ने छ । यदि कुनै ब्यक्ति लाई आएको कुनैपनी सामान्य काम अर्को ब्यक्तिलाई नआउन सक्छ त्यहि एक र अर्का बिचको सानो कामनै श्रीयोग डटकमले रोजगारीको वातावरण सिर्जना गर्न सक्ने छ । श्रीयोग डटकम मा सामान्य पलम्बर देखि बिभिन्न बिधाका रोजगरी क्याटेगरी राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *