अष्ट्रेलियाबाट फर्किंदा एनएसीको जहाजले स्वीस अनुदानको मेडिकल सामग्री ल्याउने

अष्ट्रेलियन दुतावासको चार्टरमा सिड्नी जाने नेपाल एयरलाइन्सको जहाजले नेपाल आउँदा स्वीट्जरल्यान्ड सरकारले दिएको अनुदानका मेडिकल सामग्री ल्याएर आउने भएको छ।

लकडाउनका कारण नेपालमै रोकिएका अष्ट्रेलियन नागरिकलाई नागरिकलाई लिएर नेपाल एयरलाइन्सको वाइडबडी जहाज आज काठमाडौंबाट उडेको छ।

काठमाडौंबाट सिड्नी जहाज उक्त जहाज मलेसियामा इन्धन भर्नका लागि अवतरण हुने छ। त्यही अवतरण हुँदा नेपाललाई दिइएका अनुदानका सामग्री त्यही लोड गरिने छ।

त्यहाँ लोड भएका सामग्री काठमाडौं आउँदा त्यही जहाजले ल्याएर आउने सामग्री नेपाल ल्याउनका लागि पहल गरिरहेका व्यवसायी रञ्जित आचार्यले जानकारी दिए।

स्वीस दुतावासले दिएका कोरोना परीक्षणाका लागि चाहिने ३० हजार पिसिआर किट्स र आरएनए एक्स्ट्र्याक्ट सिंगापुरबाट मलेसिया पुर्‍याइएको छ।

मलेसियाको विमासन्थलमा सबै प्रक्रिया पूरा भएर लोडको व्यवस्था भएमा जहाजले ती सामग्री नेपालसम्म ल्याउने एयरलाइन्सका अपरेशन डाइरेक्टर दिपु जुहार्चनले जानकारी दिए।

ल्याउनका लागि सबै प्रक्रिया पूरा भएको तर मलेसियाको विमानस्थलमा भन्सार तथा अन्य प्रक्रिया क्लियर भएमा ल्याउनका लागि कुनै समस्या नहुने उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *