अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सरकारलाई सुझावः नाकामा रहेका नेपाली स्वदेश फर्काऊ

अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सीमा नाकामा रोकिएका नेपालीलाई स्वदेश फर्काउन सरकारलाई सुझाव दिएको छ।

बुधबार बसेको समिति बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, परराष्ट्र मन्त्रालय र रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई सुझाव दिँदै भारतीय नाकामा रोकिएकालाई स्वदेश ल्याएर क्वारेन्टाइनमा राख्न आग्रह गरेको छ।

‘कञ्चनपुरको भीमदत्त नगरपालिकासँग सीमा जोडिएको भारतीय नाका बनवासा र टनकपुरमा विगत ३५ दिनभन्दा बढी अलग्गै क्वारेन्टाइनमा राखिएका नेपालीलाई स्वदेश ल्याई आवश्यक स्वास्थ्य परीक्षण गरी व्यवस्थित विवरणसहित सम्बन्धित पालिकामा पठाउने,’ समितिको निर्णयमा उल्लेख छ।

भारतका विभिन्न ठाउँ तथा सीमा क्षेत्रमा रहेका नेपालीलाई भारतीय प्रशासनले समेत नेपाल फर्कन आग्रह गरिरहेको भन्दै समितिले नेपालीलाई स्वदेश ल्याउन सुझाव दिएको हो।

विदेशमा रोजगारी गुमाएकालाई पनि आवश्यक व्यवस्थापनको लागि नियोगहरूलाई आग्रह गर्न समितिले सुझाव दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *