अबैध तरिकाले ल्याएको खैनी (बिहार ईक्सप्रेस) आगाे लगाई नष्ट

निखिल राउत २६ ,सप्तरी ।

कोरोना भाईरस को संक्रमण बाट जोगिन सरकार ले गरेको लक्डाउन को अवधि क्रमश अहिले पुन : थपिएको छ।
लक्डाउन को अवस्था रहिरहदा पनि तस्करी गर्ने हरुका संख्या मा कुनै कमि भएको छैन ,यसै सन्दर्भमा सप्तरीमा अनुगमनकर्ता हरुको तिब्रता बढेको हो ।

विभिन्न समाजिक संजालमा उपभाेग्य समानहरुकाे मूल्य र गुणस्तर्यताकाे बारेमा टीका टिपनी भईरहेकाे बेला अनुगमनले तिब्रता पाएका छन्।

आज रुपनी बजारमा अनुगमन टाेलीले अनुगमन गर्दा लकडाउनलाई बे वास्ता गरी भारत बाट अबैध तरीकाले रुपनी संम्म ल्याई सकेकाे भारतिय खैनी (बिहार ईक्सप्रेस) सहित एक जना महिला बिलेकिया(तस्कर) पक्राउ गरी थप छानबिनका लागि प्रहरी ले लगेका छन।

अन्य पसलहरुमा अनुगमन गर्दा म्याद नाघेका तेल,भुजिया,मसला,पेय पदार्थ,आदिलाई पत्रकार,प्रहरी अनुगमनका कर्मचारी तथा स्थानिय कै राेहबरमा आगाे लगाई नष्ट गरेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *