लकडाउन भए पनि आजदेखि कुन – कुन व्यवसाय सञ्चालन गर्न पाइने , यहाँ हेर्नुस ….

काठमाडौं, २६ बैसाख ।
सरकारले थप गरेको लकडाउनको समयावधि आजबाट शुरु भएको छ ।
जेठ ५ सम्मका लागि थपिएको बन्दाबन्दीको यस अवधिमा सरकारले केही पेशा व्यवसाय सञ्चालन गर्न दिने निर्णय गर्दै जनजीवन केहि खुकुलो बनाउने प्रयास गरेको छ ।

लकडाउनका बेला सञ्चालन गर्न मिल्ने र नमिल्ने उद्योग, व्यवसायबारे मन्त्रिपरिषदले गरेको निर्णय अनुसार औषधि, स्वास्थ्य सामग्रीजस्ता अत्यावश्यक वस्तुको उत्पादन तथा विक्री वितरण, खाद्यवस्तु लगायतका कृषि तथा पशुपंछीजन्य उत्पादन तथा विक्री वितरण गर्न पाइने छ ।

खाद्य वस्तुलगायतका कृषि तथा पशुपंछीजन्य उत्पादन तथा विक्री वितरण, औद्योगिक वस्तुको उत्पादन तथा विक्री वितरण, विकास आयोजनाहरूको सञ्चालनको लागि आवश्यक पर्ने ढुङ्गा गिट्टी, बालुवालगायतका निर्माण सामग्रीको ढुवानी र न्यूनतम बैंकिङ तथा वित्तीय सेवा सुचालू गर्न पनि अनुमति दिइएको हो ।

यी हुन् लकडाउन भए पनि सञ्चालन गर्न पाइने उद्योग व्यवसायको सूची
(क) कृषि तथा पशुपंक्षीजन्यसम्बन्धी :
१ खाद्यवस्तु र अन्य बाली लगाउने तथा पाकेको बाली भित्र्याउने कार्य ।
२ पशुपंक्षी पालन, माछा पालन, कुखुरा पालन तथा विक्री वितरण ।
३ फलफूल, तरकारी, दूध र दुग्धजन्य पदार्थको उत्पादन, सङ्कलन, भण्डारण र विक्री वितरण ।
४ नर्सरीबाट विरुवाको उत्पादन, घाँस तथा दाना उत्पादन र विक्री वितरण ।
५ कृषि बिउ(बिजन उत्पादन, भण्डारण र विक्री वितरण ।
६ शीत भण्डारण ।

(ख) स्वास्थ्य सेवासम्बन्धी
१ सरकारी तथा निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्थाहरू, अस्पताल, नर्सिङ्ग होम, पोलिक्लिनिक, ल्याब, डाइग्नोष्टिक सेन्टरहरूको सञ्चालन । सबै प्रकारका खोप लगायतका अत्यावश्यक सेवाहरूको सञ्चालन ।
२ औषधी तथा स्वास्थ्य सामग्री र मेडिकल अक्सिजनको उत्पादन तथा विक्री वितरण ।
३ औषधी पसलहरू (आयुर्वेद, होमियोप्याथिक समेत) को सञ्चालन।
४ एग्रोभेट र भेटेरिनरी औषधी पसलहरूको सञ्चालन र तत् सम्बन्धी सेवा।

(ग) जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट पाठ्यपुस्तक विक्रीको अनुमति लिएका पुस्तक पसल।

(घ) ढुवानी सेवासम्बन्धी

ढुवानी सेवाका साधनहरूलाई निसंक्रमित गरी निसंक्रमण गर्ने निकायले जारी गरेको निस्सा साथमा राखी चालक तथा परिचालकको स्वास्थ्य जाँच सम्बन्धित भन्सार विन्दु र उद्योग प्रतिष्ठानहरूमा गर्ने व्यवस्था मिलाई देहायका ढुवानीका साधनहरू गन्तव्य स्थलसम्म आवतजावत गर्न दिने

१ प्रकरण (४) को खण्ड (क) र (ख) मा उल्लिखित सवै प्रकारका वस्तु तथा सेवामा प्रयोग हुने ढुवानीका साधनहरू ।
२ भन्सारबाट जाँचपास भई आएका, उद्योग प्रतिष्ठानबाट लोड लिई मालसामान बोकेका र मालसामान गन्तव्यमा र्पुयाई फर्किने ढुवानीका साधनहरू ।
३ पानी, ग्याँस, पेट्रोलियम पदार्थ बोकेका ढुवानीका साधनहरू ।
४ औद्योगिक कच्चा पदार्थहरू र तयारी मालवस्तु बोकेका ढुवानीका साधनहरू ।
५ विकास आयोजनामा प्रयोग हुने उपकरणहरू लानेरल्याउने कार्य र निर्माण सामग्रीहरू बोकेका ढुवानीका साधनहरू ।
६ कृषि सामग्री, रासायनिक एवं प्राङ्गारिक मल बोकेका ढुवानीका साधनहरू।
७ एम्बुलेन्स सेवा ।
८ विद्यालयका पाठ्यपुस्तकको ढुवानी गर्ने प्रयोजनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट अनुमति लिएका ढुवानीका साधनहरू ।
९ काठमाडौं उपत्यकामा प्रवेश गर्ने मालबाहक सवारी साधनमा यात्रुहरू राख्न नपाइने, प्रवेश विन्दुमा त्यस्ता सवारी साधनका सवारीचालक र सहयोगीको नाम, जन्ममिति, काठमाडौं प्रवेश गरेको र फर्केको मितिसहितको विवरण राख्ने र सवारी साधन फर्की जाँदा सोही विवरणबमोजिमको व्यक्ति भए नभएको जाँच गर्ने । झुट्टा विवरण दिई यात्रा गरेको पाइएमा सवारी साधन नियन्त्रणमा लिई कारबाही गर्ने।
१० एम्बुलेन्स दुरुपयोग गर्नेलाई कारबाही गर्ने ।
११ अत्यावश्यक कामका लागि दिइने सवारी साधनको पास न्यूनतम संख्यामा जारी गर्ने ।

(ङ) विकास आयोजनासम्बन्धीः
१. राष्ट्रिय गौरवका आयोजनाहरू, सरकारी तथा निजीस्तरबाट सञ्चालित जलविद्युत आयोजना, सिंचाइ आयोजना, खानेपानी आयोजना, विमानस्थल, सडक तथा पुल, सरकारी भवन निर्माण तथा प्रबलीकरण र एक स्थानमा एकपटकमा अधिकतम १० (दश) जनामा नबढ्ने गरी सञ्चालन गरिने अन्य सहरी पूर्वाधार विकास निर्माणका कामहरू ।

२. प्रकरण १ का आयोजनाहरूमा काम गर्ने श्रमिकहरूलाई सम्बन्धित आयोजनाले दैनिक रूपमा अनिवार्य स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाई एकै स्थानमा आवासको व्यवस्था गर्ने ।

श्रमिकहरूलाई कार्यस्थलमै खानारखाजाको व्यवस्था मिलाउने। स्थान अभाव भएमा स्थानीय निकायको समन्वयमा सम्बन्धित वडाभित्रका सार्वजनिक सामुदायिक भवन वा सरकारी तथा नीजि विद्यालय वा खाली स्थानमा स्थानीय व्यक्तिहरूसँग सम्पर्क नहुने गरी सुरक्षित आवासको व्यवस्था गर्ने । यससम्बन्धी खर्च सम्बन्धित निर्माण व्यवसायीले व्यहोर्ने ।

३. ढुङ्गा गिट्टी, बालुवालगायत निर्माण सामग्रीहरूको उत्पादन, सङ्कलन र ढुवानीसम्बन्धी कार्य ।

४. सिमेन्ट उद्योगका लागि खानी सञ्चालनलगायत आवश्यक चुनढुङ्गा, कोइला, क्लिङ्करको उत्पादन, सङ्कलन र ढुवानीसम्बन्धी कार्य ।

५. नदी नियन्त्रणका कार्यहरू ।

६. आवास स्थलदेखि निर्माण स्थलसम्म श्रमिकहरूलाई सुरक्षित आवतजावत गर्न स्वास्थ्य मापदण्ड पालना गरी निर्माण व्यवसायीले परिवहनको व्यवस्था मिलाउने।

(च) सार्वजनिक सेवासम्बन्धीः
१. बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सहकारीमार्फत् अति आवश्यकीय सेवा प्रवाह गर्नुपर्ने कार्यका लागि आवश्यक पर्ने कर्मचारीमध्ये एक तिहाई कर्मचारीद्वारा सेवा सञ्चालन गर्ने ।

२. अति आवश्यकीय सेवा प्रदान गर्ने सरकारी कार्यालय तथा सार्वजनिक संस्थानहरूमा अति आवश्यक पर्ने न्यूनतम कर्मचारीहरूलाई आलोपालो मिलाई तोकिएका स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको अनुशरण गरी कार्यालय सञ्चालन गर्ने ।
३. अति आवश्यकीय सेवा प्रदान गर्ने सरकारी कार्यालयका लागि सम्बन्धित मन्त्रालयको सच

Leave a Reply

Your email address will not be published. Required fields are marked *