रोज़ा (बर्त ) राखेर पनि भोको पेट लाई निरंतर राहत बांडदै सलिम अन्सारी

हुसैन सेख ,२८ बिराटनगर ।
कोरोना भाईरस को संक्रमण बाट जोगिन अह्वान गरिएको लक्डाउनमा अहिले पनि कतिपय बिपन्न परिवार ,मजदुरहरु भोकै सुत्नुपरेको छ ।
लामो समय देखि कोरोना संघ लडी रहेका विपन्न असहाय गरिब परिवारहरू को चुल्हो बाल्न अप्ठेरो भएको मा सहयोगी हात बनेर निरन्तर लक्डाउन सुरु भएदेखि नै ह्यूमानिटी फाउन्डेसन का अध्यक्ष तथा युवा नेता सलिम अन्सारी राहत बाड्ने काम गरिरहेका छन ।

सनिबार क्षेत्र नं ५ बिराटनगर १७ रानी का ९५ रोजेदार परिवार लाई अन्सारी को तर्फबाट शुभकामना सहित को कोसेली वितरण गरिएको छ।
९५ परिवार का लागि कोसेली वितरण सामग्री ह्यूमानिटी फाउन्डेसन का संस्थापक सदस्य कुत्बुद्दीन खान र Born_To_Help_Society का अध्यक्ष मझर आलम लाई हस्तान्तरण गरिएको छ।

यस अघि पनि बिराटनगरका विभिन्न स्थान तसर्थ घर -घरमा समेत पुगी उनले राहत बाँडेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *